Sunday, April 5, 2015

‘पहिला लव गर्ने, अनि सब गर्ने’ || रिस्ताको हट सिन विल्सनको कमेडी सहित ‘अधकट्टी ट्रेलर सार्वजनिक

पछिल्लो समय नेपाली चलचित्र मेकरहरु ट्रेलरलाई विशेष ध्यान दिन थालेका छन् । यस्तै क्रममा संचारकर्मी सुब्रत आचार्यले निर्देशन गरेको चलचित्र ‘अधकट्टी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा प्रदिप बास्तोलाको डाइलग ‘पहिला लव गर्ने, अनि सब गर्ने’ राखिएको छ ।
Rista Basnet hot scene and wilson bikram rai comedy ADHAKATTI TRAILER

 कमेडी जनराको चलचित्र ‘अधकट्टी’ द्धारिका उदय प्रोडक्शनको ब्यानरमा तयार भएको हो भने चलचित्रलाई प्रदिप उदयले निर्माण गरेका हुन् । चलचित्रको प्रदर्शन मिति तय भएसँगै ट्रेलर पनि सार्वजनिक गरिएको छ । कमेडी बिषयलाई मुख्य रुपमा उठान गरेको यो चलचित्र जेठ ८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउँदैछ ।
Rista Basnet hot scene
 ट्रेलरमापनि चलचित्रको मुख्य आकर्षणको रुपमा अभिनेता विल्सन विक्रम राईलाई देखाइएको छ । सानो पर्दामा कमेडीमा जमेपनि ठूलो पर्दामा उनी ‘सायद’ भन्दा अन्यमा चम्केका छैनन् । तर, ‘अधकट्टी’को सार्वजनिक ट्रेलरमा राइकै कमेडी हाबी छ । दुई अभिनेत्री रिस्ता बस्नेत र अशिष्मा नकर्मी पनि आकर्षणमा पर्न सक्छन् । कारण, रिस्तालाई सुरुवातमै हट अवतारमा देखाइएको छ । अर्की अभिनेत्री अशिष्मा नकर्मीको ‘कोकाकोला फिगर’ बोलको गीतपनि ट्रेलरमा राखिएको छ । सार्वजनिक ट्रेलरमा अभिनेत्री नम्रता श्रेष्ठलाई ‘हे नम्रता’ बोलको गीतमा देखाइएको छ । अभिनेत्री श्रेष्ठ चलचित्रमा भने विशेष भूमिकामा देखिएकी छिन् ।

No comments:

Post a Comment