नायिका नमिता |
भारतीय चलचित्रको कुरा गर्ने बित्तिकै बलिउडकै नाम सबैभन्दा अगाडि आउँछ । बलिउडमै कार्यरत नायिका चर्चाको विषय बन्ने गर्छन् । तर, भारत यस्तो देश हो जहाा हरेक भाषामा आ-आफ्नै शैलीमा चलचित्र बनाउछन् । हरेक प्रान्तमा हट एण्ड सेक्सी नायिका छन् ।
दक्षिण भारतमा छुट्टै चलचित्र उद्योग छ भने तामिल, मलाया लगायत अन्य धेरै भाषामा विभिन्न प्रान्तमा चलचित्र बन्ने गरेको छ । ‘टाइम्स अफ इण्डिया’ले दक्षिण भारतमा सक्रिय हट सुन्दरीहरुको सूची तयार पारेको छ ।
५० बढी सुन्दरी अहिले दक्षिण भारत अन्तर्गत विभिन्न चलचित्रमा सक्रिय छन् । ती मध्ये केही सुन्दरी यस्ता छन् :
दक्षिण भारतकी प्रसिद्ध सुन्दरी हुन् नयन तारा । तामिल चलचित्रमा सक्रिय यी नायिकाको फिगर निकै लोभलाग्दो छ । नमिता पनि दक्षिण भारतमा सक्रिय अर्की सुन्दरी हुन् । उनको छातीमा सौन्दर्यको जाँदु छ भनिन्छ । सन् २००६ मा हिन्दी चलचित्र ‘लभका चक्कर मे’ मा काम गरेपनि बलिउडमा स्थापित हुन भने सकिनन् ।
हिन्दी चलचित्र ‘सिंघम’मा काम गरेकी काजोल अग्रवालको तारिफ राम्रै भएको थियो । तर, पनि उनको सक्रियता तेलगु चलचित्रमै सिमित छ । दक्षिणको सुपरस्टार मानिन्छिन् तमन्ना भट्ट । उनलाई पछ्याउनेहरु निकै छन् । उनको अनुहार र शरीर निकै राम्रो भएको मानिन्छ ।
तमन्ना भट्ट |
नायिका प्रियामनी |
नायिका ऋचा पनाई |
नायिका हंशिका मोटवानी |
नायिका मिरा चोपडा |
कमल हसनकी छोरी श्रुती हसनले आफ्नै परिचय बनाईसकेकी छिन् । तमिल भाषाकै चलचित्रमा काम गरेर करिअर बनाएकी अर्पणा बाजपाइ अहिले पनि यही नगरीमा सक्रिय छिन् ।
बैगलारको कर्नाटकमा जन्मिएकी लक्ष्मी राई दक्षिण भारतीय चलचित्र उद्योगमा सक्रिय नाम हो । उनले पनि तमिल चलचित्रवाटै करिअर सुरु गरेकी थिईन् । उनी अहिलेकी चर्चित नायिका मानिन्छिन् ।
No comments:
Post a Comment