Sunday, May 3, 2015

कविता: "प्रकृतिको गुनासो " (सन्तोषी श्रेष्ठ )

 लेखकः सन्तोषी श्रेष्ठ
मेरो कविता ... सोच्नुस ...अनि...मनन गर्नुस .....
"प्रकृतिको गुनासो "
हो हामी संग प्रकृति रिसाएकी छिन
कत्ति सहनु आफ्नै छाती माथि मचाएको बिधोङ्ग्स
लुटपाट ति कुकर्म अनि पाप 
हत्या हिंसा मारकाट
अनि बलात्कार ...
सधै स्तब्ध थिन सधै सहिन
तर अत्ति भयेछ ...
तेसैले खति भयेछ
मनमा बिपत्ति भएछ
सहन सकिनन् धेरै ...
र आज बदला लिएकी छिन
आज लुटपाट चोरी डकैति घुसखोरी छल कपट
अनि स्वार्थ को राजधानी भासिएको छ ....
प्राय बलि दिने मन्दिर लाछिएको छ
पुराना ति संरचना मासिएको छ
हो प्रकृति रिसाएकी छिन्
आफ्नो बर्सौ देखिको मनको क्रोध पोख्दै छिन ..
पिडा अनि आक्रोश पोख्दैछिन
हो प्रकृति गुनासो गर्दैछिन म संग 

उनि भन्दै थिएन भन्दै सारालाई एक्कासी आक्रोस पोखिएछ ....
साराले मलाई थिचेउ मिच्येउ अत्याचार गरेउ
मै माथि कुकर्म अपराध पाप अनि श्राप बढाएउ
सुखमा आफ्नो मनमर्जीमा रडाको मच्चौदा
मेरो वस्ती गरेनौ जब दुख पर्यो
उल्टै साराले मलाई नै गालि गरिरहेका छन्
तर माफी त मैले माग्नु पर्दैन
धेरै सहिरहेथ्ये बर्सौ सहे सहिरहे ....
मेरो गुनासो सुन्ने कोइ भएनन्
मेरो ब्येथा सुन्ने कोइ भएनन् ..
बरु मै आफै कुल्चिए मिल्चिये थिचिए सारा कष्ट सहे ...
म माथि कोइको महिमा रहेन
मेरो नि सहनुको सिमा रहेन
तेसैले एक्कास्री मेरो गुम्सिएका आक्रोश छल्किएछा.....
मेरा क्रोध पोखिएछन् .....
हो तेस्तै गुनासो गर्दै थिन प्रकृति म संग ....
भन्दै छिन् उनि अब रिस राग लोभ लालच
स्वार्थ र कुकर्म त्यागी सत्कर्म गर्दै ....
नया बिशाल अनि असल सोचका साथ अगाडी बढ्नु .....
नया शैलीमा परिवर्तन र बिकासको लहर फैलाउन सचेत गरिरहेकी छिन्
अब त उनि शान्त हुदै छिन्
तर पनि ....
तर पनि बेला बेला धक्का दिरहेकि छिन् झक झकाइ रहेकीछिन
उनको गुनासो उनको सचेतना प्रति सचेत गराइरहेकी छिन्
हो उनि रिसाएकी छिन्
हो उनि गुनासो गरिरहेकी छिन् ...
— feeling positive.

No comments:

Post a Comment