Thursday, June 18, 2015

एसएलसी रिजल्टको साईत शुक्रबार

अपरान्ह ३ बजेसम्म नतिजा सार्वजनिक गरिने
२०७१ सालको एसएलसी परीक्षाको नतिजा भोली शुक्रबार प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयको भोली बिहान ११ बजे बोर्ड बैठक बस्दैछ ।
फाइल फोटो
फाइल फोटो
बैठकपछि अपरान्ह ३ बजेसम्म नतिजा सार्वजनिक गरिने बताईएको छ । शुक्रबार साधारणकोे र केही दिनपछि प्राविधिक तर्फको नतिजा प्रकाशन गरिनेछ । परीक्षा नियन्त्रण कार्यालयले अहिले उत्तरपुस्तिका परीक्षणपछि संकलित परीक्षार्थीको प्राप्तांकको रुजु गरिरहेको छ। सानोठिमीस्थित कार्यालय परिसरमा एक सातादेखि निरन्तर नतिजा प्रकाशनसम्बन्धी काम गरिरहेको छ। नतिजासम्बन्धी गोप्य काम गर्नुपर्ने हुनाले सर्वसाधारणलाई कार्यालयको मूलगेटबाट भित्र जान दिइएको छैन।
अति जरुरी काम गरेर आउने सेवाग्राहीको सुविधाका लागि मूलगेटनजिकै अस्थायी डेस्क राखेर सेवा दिइरहेको छ। अस्थायी डेस्क वरपर रातो डोरी टाँगेर सुरक्षाकर्मीले पहरा दिइरहेका छन्।

No comments:

Post a Comment