Wednesday, June 3, 2015

फोन गर्नेको नम्बर नदेखिने गरी स्काइपबाट जहाँपनि निःशुल्क फोन गर्न सकिने

skype-free-call
स्काइपले अबदेखि निःशुल्क फोन गर्न मिल्ने गरी उपभोक्तालाई सुविधा दिएको छ । यो सुविधा नेपालमा रहेका स्काइप प्रयोगकर्ताले समेत प्रयोग गर्न पाउनेछन् ।

नेपालमा नेपाल टेलिकम र एनसेलको साथै विदेशमा समेत स्काइपको एप डाउनलोड गरी निःशुल्क फोन गर्न सकिनेछ । यसरी फोन गर्दा उपभोक्ताले स्काइप चलाउँदा लाग्ने डाटा शुल्क बाहेक अन्य कुनैपनि रकम तिर्नुपर्दैन ।
यसरी फोन गर्दा फोन गर्ने व्यक्तिको नम्बर भने फोन उठाउनेको मोबाइल नम्बरमा देखिने छैन । सिधै स्काईपको एपमा गएर फोन गर्नुपर्ने देश छनौट गरी फोन गर्न सकिने स्काईपले जनाएको छ ।
तर स्काईपले यो सुविधा केही देशहरुमा भने लागू नहुने जनाएको छ ।

No comments:

Post a Comment