Monday, July 20, 2015

अनुको आगमन भैरवमा (प्रोमो हेर्नुहोस)


निखिल उप्रेती निर्देशीत चलचित्र ‘भैरव’को नयाँ प्रोमो रिलीज भएको छ । पछिल्लो समय चर्चामा रहेको यो चलचित्र मार्फत निखिल उप्रेती झन्डै ४ बर्षपछि यस चलचित्रमा अभिनय र निर्देशनमा फर्कीएका हुन । निखिलले चलचित्र निर्देशन गरेका कारणले पनि चलचित्रले यतीबेला चर्चा पाएको हो । दुई मिनेट ३५ सेकेण्ड लामो नयाँ प्रोमोमा निखिल कतै एक्सन कतै रोमान्समा देखीएका छन् ।
दक्षिण भारतीय चलचित्रको ढाचामा निर्माण गरीएको चलचित्र ‘भैरव’हेरेर दर्शक रमाउनेमा निखिलले ढुक्क छन् ।

निखिल भन्छन् ‘मैले निकै मेहनत गरेको छु यस चलचित्रमा , साउथ र हिन्दि चलचित्र हेरेर रमाउने दर्शकलाई भैरवले मनोरञ्जन गराउनेछ’ ।

चलचित्रमा समाबेश दुई गीत सार्वजनिक भैसकेको छ भने अन्य एक गीत सार्वजनिक हुन बाँकी छ । सार्वजनिक हुन बाँकी आइटम गीतमा भने अहिले चर्चामा रहेको चलचित्र ‘रेसम फीलिली’ले की नायिका मेनुका प्रधानले नित्य गरेकी छिन् । भाद्र ११ गते बाट प्रदर्शनमा आउने यो चलचित्रमा निखिलसंगै मुरलीधर , अनु शाह , नगेन्द्र रिजाल लगायतको अभिनय रहेको छ ।
(प्रोमो हेर्नुहोस)

No comments:

Post a Comment