दशैंमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘ठमेल डटकम’को ‘तिमी नभए’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिदै गएपछि गोपिकृष्ण मुभिजले गीत मार्फत प्रचार आरम्भ गरेको हो ।
राजकुमार शर्माको निर्देशनमा बनेको यो चलचित्रमा अनुप विक्रम शाही, नीता पोख्रेल, नरेन खड्का, प्रमोद अग्रहरी लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रको यो गीतमा मुस्ताङको रमणीय स्थानलाई फिचरिङ गरिएको छ । संगीतकार अर्जुन पोख्रेलले यो गीतमा आवाज दिएका छन् । उनलाई गायिका अञ्जु पन्तले साथ दिएकी छिन् ।
दयाराम पाण्डेको शब्दमा तयार भएको गीतमा नीता र अनुपलाई फिचरिङ गरिएको छ । चलचित्रले ठमेलमा हुने गरेको बिषयलाई उठान गर्नेछ । गोपिकृष्ण मुभिजका लागि उद्धव पौडेलको प्रस्तुती रहेको चलचित्रमा निकिता पौडेल, निरक पौडेल, निरज पौडेलको लगानी छ ।
No comments:
Post a Comment