चालु शैक्षिक सत्रको हालसम्म स्याङ्जाका ९ वटा सामुदायिक विद्यालय गाभिएका छन् भने एक विद्यालयको तह घटाइएको छ ।
File Photo |
निमित्त जिल्ला शिक्षा अधिकारी बाबुराम सापकोटाका अनुसार जनता प्राथमिक विद्यालय आरुचौर, चिलाउनेडाँडा प्रावि चिन्नेबास, बोगटीडाँडा प्रावि वालिङ, प्रजातान्त्रिक प्रावि फापरथुम, कालिका भैरब प्रावि पुतलीबजार ४, बाराही प्रावि ठूलाडिही, चन्द्रज्योति प्रावि ठूलाडिही, शिवशक्ति प्रावि मालुङ्गा र विपी स्मृति प्रावि पकवादी गाभिएका हुन् । त्यस्तैगरी कक्षा १ देखि ५ सम्म अध्यापन हुने गरेको विद्या ज्योति प्रावि पौवेगौडेको तह घटाएर एक–तीनमा झारिएको छ ।
विद्यार्थी सङ्ख्या न्यून हुनु, भौगोलिक विकटताजस्ता कारणले विद्यालय गाभिएका जिल्ला शिक्षा कार्यालय स्याङ्जाले जनाएको छ ।
स्याङ्जामा हाल सामुदायिक तर्फ तीन सय ३५ प्रावि, निमावि ५५, माध्यमिक विद्यालय ५२ गरी ५ सय १८ वटा सामुदायिक विद्यालय रहेका छन् । त्यस्तैगरी संस्थागत तर्फ प्रावि ३०, निमावि १५ र मावि ३२ वटा रहेका छन् भने सामुदायिक तर्फ उच्च मावि ७६ र संस्थागत तर्फ १० वटा रहेका छन् । त्यसैगरी स्याङ्जामा गुरुकूल ६ र मदरसा ९, खुल्ला विद्यालय १, प्राविधिक शिक्षा विशेष विद्यालय १, प्राविधिक तथा व्यावसायिक धार सञ्चालन २, प्राविधिक शिक्षालय १, विशेष शिक्षा सञ्चालन कक्षा ७ रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । स्याङ्जामा गत शैक्षिक वर्षमा २० वटा सामुदायिक विद्यालय गाभिएको थियो ।
No comments:
Post a Comment