Friday, August 14, 2015

रामप्रसाद खनाललाई ज्योती मगरको जवाफ, 'पहिले तपाईं 'ब्लू फिल्म' खेलेर देखाउनुस्, अनि म सोच्नेछु'

रामप्रसाद खनाललाई ज्योती मगरको जवाफ, 'पहिले तपाईं 'ब्लू फिल्म' खेलेर देखाउनुस्, अनि म सोच्नेछु'
लोक गायिका ज्योती मगर गायनभन्दा बढी कामुक नृत्यका कारण विवादमा तानिने गरेकी छिन् । यस पटकको तीजको गीतमा उनको अभिनयलाई लिएर त अमेरिकामा बस्ने एक गायकले उनलाई 'ब्लू फिल्म' खेल्न सुझाव दिए । यतिमात्र होइन्, उनलाई महिलाहरुले कुटेको हल्लाले पनि बजारमा स्थान पायो । उनको पछिल्लो गीतको भिडियोमा उत्पन्न विवादपछि नेपालीपत्रसँग भनिनः 


तपाईंले अभिनय गरेको तीजको म्युजिक भिडियो ब्यापक हिट भयो र विवादित पनि । कस्तो रेस्पोन्स आएको छ ?
- रेस्पोन्सहरु धेरै आए । कति राम्रा, कति त नराम्रा पनि । तर, भिडियो एकदम हिट भएको छ । नेपालको इतिहासमै यो पहिलो घटना हो कि, सबैभन्दा बढी बढी (पाँच लाख ) दर्शकले हेरेको म्युजिक भिडियो भएकाे छ । यसर्थ पनि खुसी लागेको छ ।

मन पराउने भन्दा धेरैले आलोचना पो गरे नि, होइन ?
- हेर्नुस् । सबैको हेर्ने आँखा हो । 'फूलको आँखामा फूलै संसार...' उहाँहरुले कसरी हेर्नुभयो उहाँहरुकै कुरा हो । यसमा भिडियोको दोष छैन । उहाँहरुले हेर्ने आँखाकै दोष हो ।

भिडियोमा अश्लीलता प्रदर्शन गरेको भन्दै तपाईंमाथि महिलाहरुले नै कुटपिट पनि गरे भन्ने खबर आयो । कसले पिट्यो ?
- यो हल्ला कहाँबाट कसरी आयो सोच्दै छौं हामी । र यो हल्लाले मेरा वास्तविक फ्यान/शुभ-चिन्तकहरुमाथि पनि चोट पुगेको छ । यही हल्लाको विषयलाई लिएर हामी 'साइवर क्राइम' विरुद्धको मुद्धामा जाने तयारीमा छौं ।
तीजको माहोलमा तपाईँहरुको विभिन्न ठाउँमा स्टेज शो गर्नुपर्ने होला । तपाईँ मुद्धा मामिलामा जाने कुरा गर्दै हुनुहुन्छ । कसरी सम्भव छ यो काम ?
 - होइन । हामी जान्छौँ । फेसबुकहरुमा, विभिन्न साइटमा गलत प्रचार भएको छ । कसैको बाउले केही गर्न सक्दैन । हामी 'साइबर क्राइम'मा जान्छौं । 


गीत धेरैले हेरुन् भनेर योजनाबद्ध रुपमा गरिएको फण्डा त होइन ?
  - त्यस्तो होइन । त्यसतो योजानाबद्ध तरिकाले आएको होइन । त्यसो त, यो मेरो गीत पनि होइन । प्रकाश कट्वाल, श्रीदेवी देवकोटा र निर्देशक शंकर विसीले मसँग काम गर्ने इच्छा देखाउनुभयो । मैले स्विकार गरेको मात्रै हो । मैले त भिडियोमा अभिनय र नाच मात्रै गरेको पो हो ।  र भिडियो हेर्दा त्यहाँ प्रयोग भएको लिरिक्समा ध्यान दिनुपर्‍यो नि पहिले । गीत अनुसारको दृश्य पो गरिएको हो त ।  सोच्न सक्ने दिमाग नै छैन उहाँहरुसँग (आलोचना गर्नेहरुसँग) । 'जामा लाउँदा छोटो भयो, सारी लाउँदा सुहाएन, उखरमाउलो वैंश छोप्ने चिजै भएन' भन्ने शब्द गीतमा छ । त्यसको लागि दृश्य पनि त त्यस्तै चाहियो नि । त्यही शब्द जस्तै भिडियो बनाउने त हो नि । यो मेरो 'फस्ट एण्ड लास्ट' भिडियो पनि हुनसक्छ । अब सायद अरु कसैको भिडियोमा अभिनय नगर्न सक्छु । म आफैँ गाउँछु, र अभिनय पनि गर्छु ।


तपाईँको भिडियो हेरेर पुराना गायक रामप्रसाद खनालले तपाईँलाई 'ब्लू भिडियो' खेल्न सुझाव दिनुभएको छ । तपाईँको उत्तर के हो ?
-मलाई थाहा छैन के हो 'ब्लू फिल्म' भनेको । र अहिलेसम्म हेरेको पनि छैन । उहाँलाई थाहा रहेछ । पहिले उहाँ आफैँले 'ब्लू फिल्म' खेलेर देखाउनुभयो भने राम्रो हुन्थ्यो । त्यसपछि सोच्न सक्थेँ । पहिले उहाँले नै ब्लू फिल्म बनाउनु भए राम्रो हुन्थ्यो ।
  उहाँको सुझाव एकदम बकवास हो । जसले माया गर्दैन उसलाई गाली गर्ने अधिकार पनि छैन ।

कतिपय अपरिचित व्यक्तिहरुले भिडियो हेरेर सेक्स प्रस्तावहरु गरेनन् ? 
  - हा.हा...., हिम्मत पनि हुनुपर्‍यो नि । ज्योती मगरलाई त्यस्तो प्रस्ताव गर्ने हिम्मत कसको होला !


विस्तृतमा रामप्रसादले के लेखेका थिए । पढनुस् 
* के कलाकार भनेको "देखाउने" मात्र हो ?? कलाकारको अनुशासन, मर्यादा हुँदैन ??

* यस्ता उत्ताउला उत्ताउली लाई हाइ लाइट गर्ने, चर्चामा ल्याइदिने मिडिया र मिडिया कर्मीहरु के तपाईंहरु ठीक गर्दै हुनुहुन्छ ??

ज्योति मगर, ब्यक्तीगत रुपमा उनलाई जे मन लाग्छ गरुन, त्यो उनको स्वतन्त्रता र अधिकार हो तर यि "उत्ताउली" नानीले केही समय यता लोक गीत दोहोरी गीत क्षेत्रको नराम्रो सँग बेइज्यत गर्दैछिन । धेरै पटक यिनका उत्ताउला र सीमा नाघेका गीत भिडियो सुने पछी हेरे पछी मन अमिलो भएर आउंथ्यो, लेखौँ लेखौँ लागेर पनि भैगो "गु लाई चलाई मुख भरी छिटा" किन गराउनु भन्दै चुप लागि बसेँ । तीन दिन देखी उनको बारेमा अनलाइनहरु फेसबुक र ट्विटर अनी यु ट्युब मा अाइरहेका प्रतिकृया हेरे पछी मलाई निम्न कुरा भन्न मन लाग्यो रिसानी भए पनि मलाई कुनै गुनासो हुने छैन :

१- लोक गीत र दोहोरी गीत, तीज गीत भनेको हरेक नेपालीको मन हो, मुटु हो ज्योति तिमी यो क्षेत्रको लागि अनुपयुक्त छौ । यो पवित्र क्षेत्रलाई तिम्रो नग्नता र उत्ताउलो पनले दुसित पार्ने ध्रिस्ठता नगर । चर्चा कमाउनकै लागि हो भने, देखाएकै भर मा हिट हुने भुत चढेको हो भने, तिमीलाई "निला फिल्म" खेल्दा चर्चित हुन झन छिटो होला बरु त्यतै लाग्छेउ कि नानी !

२- हाम्रा अग्रजहरुले, हामीहरु सबैले, कल्पना गरेको, दु:ख गरेको, लागेको लोक दोहोरी क्षेत्र ज्योतीको "देखाउने" क्षेत्र होइन । ज्योति नानी तिमी लोक दोहोरीको नाम लिएर यसलाई बिटुल्याउने काम नगर । तिम्रा बाबु आमा दाजुभाइ दिदी बहिनी वा कोही आफन्त जन सँग सँगै बस, तिम्रै उत्ताउलो पना हेर, देखाउ अनी वहाँ हरुलाई सोध, तिम्रो अन्तर मन लाई सोध, के तिमी ठीक गर्दैछौ ??

३ - म्युजिक नेपाल प्रती म अती सम्मान गर्दछु । म्युजिक नेपाल हामी सबै नेपाली कलाकारको माइती हो, मावली हो, कर्म घर हो, सङ्रालय हो जहाँ बाट मेरा पनि थुप्रै गीती एल्बम सिडी भिसिडी डिभीडी प्रकाशित भएका छन । यस्तो सम्मानित संस्थाले "ढाडे बिरालो" नाम को बिक्रिती को पराकाश्ठ तिज गीत र उत्ताउली ज्योति मगरको नग्न नाच बेच्ने भएछ !!! आस्चर्य लाग्यो । म्युजिक नेपालले यसमा पुनर्बिचार गरोस् ।

४- ज्योति मगरका लागि यो गीत लेख्ने गीतकार, गाउने गायक गायिका, भिडियो निर्देशन गर्ने निर्देशक सबैलाई म बिनम्रता पूर्वक अाफ्ना आमा बाबु श्रीमती छोरा छोरी र आफन्तजन सँग सँगै बसेर यो ढाडे बिरालो र ज्योतिको नाँगो नाच हेर्न चुनौती दिन्छु, सक्नुहुन्छ तपाईंहरु ??
५ - मगर र गुरुङ जाती नेपाली लोक सन्स्क्रितीका खानि हुन, म उनिहरुलाई अती उच्च सम्मान गर्दछु । मगर थर कि उत्ताउली यि ज्योति नानीलाई तपाईंहरुले पनि खबरदारी गर्ने कि !

५- लोक गीत, दोहोरी गीत क्षेत्रमा ज्योति नानी मात्र एक्लै छैनन यसमा सहायक अरु पनि छन । जसले चर्चा कमाउनकै लागि लोक दोहोरी क्षेत्रको मर्यादा बिर्सिन थालेका छन । उल्टा सिधा गीत गाएर, मोडलिङ गरेर हिट हुने सपना साँच्दैछन । तिनका नक्कल, पहिरन, बोली भाषा, स्टाइलहरु देख्दा आची गर्ने लाई भन्दा देख्ने लाई लाज भने जस्तो हुन्छ किन बुझ्दैनन उनिहरु ??

६ - दर्शक श्रोता हामी सबै कलाकारका न्यायाधिश हुन, अब दर्शक श्रोताले पनि यि " देखाउन " आउने " हरु लाई छि छि र दुर दुर गरिदिनुपर्‍यो ।

७ - कलाकार सँग सम्बन्धित संघ संस्थाहरु सबैले सोच्नु पर्‍यो, के कलाकार भनेको "देखाउने" मात्र हो ?? कलाकारको अनुशासन, मर्यादा हुँदैन ??

८ - राष्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान यसमा अझ बढी सक्रिय हुनुपर्‍यो । यो क्षेत्रलाई बदनाम हुन बाट बचाउन एउटा आचार सँहिता बनाउनुपर्‍यो । नत्र हाम्रो क्षेत्र धराशायी हुने छ । मलाई आशा छ म लोक दोहोरी को क्षेत्रमा सक्रिय रहेका बेला म सँग सहयोगी का रुपमा सँगै काम गरेका भाई बहिनीहरु अहिले प्रतिस्ठानको नेत्रित्वमा हुनुहुन्छ, वहाँहरुले केही न केही पक्कै गर्नुहुने छ भन्ने मैले आशा राखेको छु ।

९ - अन्त्यमा मिडिया र पत्रकारहरु सँग पनि गुनासो : यस्ता उत्ताउला उत्ताउली लाई हाइ लाइट गर्ने, चर्चामा ल्याइदिने मिडिया र मिडिया कर्मीहरु के तपाईंहरु ठीक गर्दै हुनुहुन्छ ?? अशल कलाकार, अनुशासित र मर्यादित कलाकार लाई कहिलै हाइलाइट गरिन्छ मिडियामा ?? योगदान को चर्चा हुन्छ मिडिया मा ?? कृपया गलत सँस्कार लाई प्रश्रय नगरौँ ।
स्पस्टोक्ती : यि उत्ताउली र यो गीत मा संलग्न उत्ताउलाहरुको यो भिडियो यहाँ शेयर गर्न पटक्कै मन छैन तर यत्रो भूमिका लेखिसकेपछी यही भिडियो यहाँ नराखे पाठकलाई बुझाउन नसकिने भयो त्यसैले यो उत्ताउलो भिडियो पनि यहाँ राखिएको हो बुझिदिनुहोला । यस पछी ज्योति पनि सहि बाटोमा आउन, यो गीत गाऊने, लेख्ने, अभिनय गर्ने, निर्देशन गर्ने सबैका आँखा खुलुन दर्शकले पनि जजमेन्ट गरुन भनेर माथिको यो स्टाटस लेखिएको हो । धन्यवाद

किन तुलना गरियो ज्योती मगरको यो भिडियोलाई ‘ब्लू फिल्म’सँग ?

No comments:

Post a Comment