Sunday, November 22, 2015

जरिनलाई बेडसिन दिन र नाङ्गिन आमाको सल्लाहा

zarin-khan-hot
बलिउड नायिका जरिन खान यतिबेला चलचित्र ‘हेट स्टोरी ३’को केही दृश्यका कारण चर्चामा छिन् । चलचित्र भित्र सिया दिवानको भूमिकामा देखिएकी जरिनको बोल्ड दृश्यले अहिले चर्चा पाइरहेको छ ।


जरिनले सुरुवातमा आफूलाई यो चलचित्रको अफर आउँदा दोधारमा परेको बताएकी छिन् । तर, पछि उनले यो कुरा आफ्नो आमासँग शेयर गरेकी थिइन् । आमाले अहिले यस्ता चलचित्र जसले पनि गरेको भन्दै उनलाई काम गर्नका  लागि हौसला दिएकी थिइन् । आमाको हौसलाका कारण जरिनले यो चलचित्रमा काम गर्ने निर्णय गरेकी हुन् ।

चलचित्र भित्र जरिन शरमन जोशीकी श्रीमतीको भूमिकामा देखिएकी छिन् । जरिनले आफ्नो भूमिकालाई लिएर अहिले मानिसहरुबाट आएको प्रतिक्रियाले उत्साहित भएको पनि बताएकी छिन् । उनलाई लाग्छ उनको बिषयमा मानिसको सोचाई अब बदलिएको छ ।

चलचित्रमा उनले शरमन र करण ग्रोवरसँग कामुक दृश्य दिएकी छिन् । यस्तै, अर्की नायिका डेजी शाहले नायक सलमान खानको सल्लाहा अनुसार चलचित्रमा काम गरेको बताएकी छन् । तर, उनले आफू चलचित्रमा शो पिसको रुपमा नरहेको खुलाएकी छिन् । डिसेम्बर ४ बाट हलमा लाग्ने यो चलचित्रलाई लिएर अहिले विभिन्न खालका टिप्पणी भैरहेका छन् ।

No comments:

Post a Comment