गायिका सहिमा श्रेष्ठले ‘हेरेको हेरेकै हुन्थे होला’बोलको गीत गाएसँगै चर्चा पाइन् । यसपछि स्टेज कार्यक्रम र विदेशमा सहिमाको माग पनि बढ्यो ।
उनै सहिमाले ‘श्रृङ्गार’ एल्बममा समावेश गीतको भिडियो तयार पारेकी छिन् । वियोगान्त शैलीको ‘बार बार’ बोलको गीतमा कर्णप्रियता छ । महेश खड्काले संगीत भरेको गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । सहिमा भन्छिन्-‘एल्बममा आधा दर्जन गीत समावेश छन् । जसमध्ये मलाई यो गीत असाध्यै मनपर्छ । भिडियो पनि राम्रो बनेको छ ।’ भिडियोको छायांकन सिंगापुरमा गरिएको छ ।
भिडियोमा शिवराम श्रेष्ठको छायांकन, निशान घिमिरेको सम्पादन छ । भिडियोमा सहिमाले रंग पत्रकार विजय सुवेदी ‘आवाज’सँग मोडलिङ गरेकी छिन् ।
भिडियोमा एक प्रेमीले प्रेमिकालाई धोका दिएको कथा वुनिएको निर्देशक समन अधिकारीले बताए । धोका पाएपछि प्रेमीको यादमा तड्पने प्रेमिकाको कथामा भिडियो बुनिएको समनको भनाई छ ।
No comments:
Post a Comment