भिमाद युवा क्लवद्धारा आयोजित तनहुँ जिल्लाकै सर्वाधिक राशीको दोस्रो भिमाद कप खुल्ला नकआउट फुटवल प्रतियोगिताको तयारी ८० प्रतिशत पुरा भएको छ ।
प्रतियोगितालाई सफल बनाउन यतिवेला आर्थिक रकम संकलन गर्ने, अतिथिहरुलाई निमन्त्रणा पठाउने काम तिव्र रुपमा भईरहेको युवा क्लव भिमादले जनाएको छ । रंगशाला मर्मतको काम सकेर यतिवेला रंगशालामा लगाएको हरियो दुवोमा पानी हाल्ने काम भईरहेको क्लवका सचिव नविन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न २६ लाख रुपैया खर्च लाग्ने बताइएको छ । प्रतियोगितामा विजेतालाई १ लाख ५५ हजार ५ सय ५५ र उपविजेतालाई ७७ हजार ७ सय ७७ रुपैयाका साथै मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किप्पर, बढी गोलकर्ता र अनुशासित टिमलाई १०÷१० हजार नगदद्धारा पुरस्कृत गरिने क्लवले जनाएको छ ।
प्रतियोगितामा मुलुकभरबाट ३ दर्जन बढी टिमहरुको सहभागीता रहने छ । मंसिर ३ गते सम्म टिम दर्ता गर्न सकिने छ । टिम दर्ता शुल्क ७ हजार राखिएको छ । उक्त प्रतियोगितामा विदेशी खेलाडी ३ जना भन्दा बढी राख्न नपाइने क्लवले जनाएको छ । प्रतियोगिताको हरेक खेलमा म्यान अफ दि म्याच घोषित गरी आकर्षक पुरस्कार समेत प्रदान गरिने छ ।
प्रतियोगितामा राष्ट्रिय स्तरका क्लवहरु र विभागीय टिमहरुलाई निमन्त्रणा पठाउने तयारी भईरहेको छ । देश विदेशमा भिमादको पहिचान गराउने र युवाहरुलाई फुटवल खेल तर्फ आकर्षित गर्ने उद्देश्यले सोे फुटवल प्रतियोगिताको आयोजना गरिएको हो । गत बर्ष पनि भिमाद युवा क्लवले हरिबोधनी एकादशी कै अवसर पारेर जिल्ला कै ठुलो १ लाख ११ हजार राशीको फुटवल प्रतियोगिता सम्पन्न गरिसकेको छ ।
No comments:
Post a Comment