Monday, December 7, 2015

नन्दिता ‘मन्द मन्द मुस्काउँदा’

kaifiat-movie
नायिका नन्दिता केसी आफ्नो नयाँ चलचित्र ‘कैफियत’बाट उत्साहित छिन् । चलचित्र क्षेत्रमा उनको क्रेज कमजोर हुँदै गएपछि प्रदर्शनमा आउने चलचित्र चलेको खण्डमा सुन्दरी नायिकालाई फाइदा हुनसक्छ ।


दशरथ गिरीले निर्देशन गरेको यो चलचित्र माघ महिनाको १५ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको ‘मन्द मन्द मुस्काउने’ बोलको गीत सार्वजनिक भएको छ ।

ओम दक्षिणकाली फिल्मस् प्रालीको ब्यानरमा तयार भएको यो चलचित्रलाई चिन्तामणी बरालले प्रस्तुत गरेका हुन् । उदितनारायाण झाको आवाजमा समावेश यो गीतमा अर्जुन पोख्रेलको संगीत छ ।

चलचित्रमा एक्सन, पारिवारिक कथा, प्रेम समावेश छ । नेपाली दर्शकलाई मनपर्ने कथावस्तुमा चलचित्र बनाएको निर्देशक गिरीको भनाई छ ।

No comments:

Post a Comment