Tuesday, January 5, 2016

पेरियोडिक टेबलमा चार नयाँ तत्व थपिए


पुस २१ – पेरियोडिक टेबलमा चार नयाँ तत्व थपिएका छन् । रसायनशास्त्रसँग सम्बन्धित अनुसन्धानको निरीक्षण गर्ने संस्था इन्टरनेशनल युनियन अफ प्योर एण्ड अप्लाइड केमेस्ट्रीले पेरियोडिक टेबलमा चार नयाँ तत्व थप्न स्वीकृती लिएको हो ।


नयाँ तत्वको रुपमा ११३, ११५, ११७ र ११८ स्थानमा चार तत्वलाई पेरियोडिक टेबलमा समावेश भएको छ । तत्व ११३ को खोजको स्वामित्व जापानको एक टिमले पाएको छ । यस तत्वको खोजी गरेको भन्दै अरु विभिन्न टिमले पनि दाबी गरेका थिए । नयाँ चारै तत्व 

प्रकृतीमा नपाइने तर हलुका तत्वको मेलका कारण बन्ने गरेका छन् । हलुका तत्वबाट बन्ने गरेका यस्ता तत्व सेकेन्डको केही समयमात्रै अस्तित्वमा आउने गरेका छन् । पेरियोडिक टेबलमा वैज्ञानिकले अहिलेसम्म खोजेका तत्वलाई गुणका आधारमा स्थानमा 

दिने गरिन्छ । यस अघि सन् २०११ मा दुई नयाँ तत्वको रुपमा ११४ र ११६ ले पेरियोडिक टेबलमा स्थान पाएका थिए ।  

– एजेन्सीको सहयोगमा

No comments:

Post a Comment