Sunday, February 7, 2016

नेहा हत्या आरोपित पक्रउ

सतीश र नेहा लेकसाइड हुँदै घर गए । सतीशले घर नजिक पुगेपछि नेहासँग यौन सम्र्पकको प्रस्ताव गरे । नेहा मानिनन् । उनले जबरजस्ती गर्न खोजे । नेहाले सतीशलाइ गाली गरिन् । ‘मुख छाड्छेस’ भन्दै सतीशले हेलमेट नेहाको टाउकोमा प्रहार गरे ।


नायीका नेहा पुनको हत्यामा संलग्नलाइ पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ। प्रहरी स्रोत का आनुसार न्युरोडका सतीश खड्गी नेहा हत्या अभियोगमा पक्राउ परेका हुन् । सतीशले नेहाको हत्या गरेको स्वीकार प्रहरी सँग गरेका छन् । सतीशले १८ गते राती नेहाको हत्या गरेको बयानका क्रममा स्वीकारेका छन् । त्यस रात नेहा काम सकेर सतीशसँगै मोटरसाइकलमा घर फर्केकी थिइन् ।
स्रोतका अनुसार, उनीहरु लेकसाइड हुदै घर गए । सतीशले घर नजिक पुगेपछि नेहासँग यौन सम्पर्कको प्रस्ताव गरे । नेहाले मानिनन् पछि उन्ले जवजस्ती गर्न खोजे त्यसपछि नेहाले सतीशलाइ गाली गरीन् । ‘मुख छाड्छेस’ भन्दै सतीशले हेलमेट नेहाको टाउकोमा प्रहार गरे । रिसले चुर सतीशले ३ ÷ ४ पटक टोकोमा हेल्मेटले हानेछि नेहा त्यहीँ ढलिन् । सतीशले नेहालाइ त्यहि छाडेर भागे ।

माघ १९ गते मर्निङ वाक  गएका सर्वसाधरणले नेहाको शव देखे र प्रहरीलाइ खबर गरे । नेहाको शव उनकै घरभन्दा ४ सय मिटर पर फालिएको थियो । उनको शव कालो पछ्यौराले छोपिएको अर्धनग्न अवस्थामा थियो । हत्या भएको पक्का भयो र कसले ग¥यो भन्ने प्रहरीलाइ थाहा भएन । घटनामा संलग्नको पहिचान खुलेन ।
प्रहरी अनुसन्धानमा जुट्यो । त्यसपछि कास्की प्रहरीले सतीशसहित धेरैलाइ अनुसन्धानको दायारामा ल्यायो । तर केही खुल्न सकेन । हत्याकै दिन प्रहरीले नियन्त्रणमा लिएर सतीशसँग बयान लियो । नेहालाइ १८ गते राति इन्द्रचोकमा छाडेको बयान दिए । अन्य सुराकमा कास्की प्रहरी जुटिरह्यो । अनि कास्की प्रहरीले शंका सतीशमाथि ग¥यो । अरुदिन घरमै छाड्ने सतीशले त्यस दिन किन इन्द्रचोकमा  लगेर छाडे । केटी मान्छे त्यति राति एक्लै छाड्ने कुरै हुदैन । त्यहीबाट प्रहरी अनुसन्धान थाल्यो । सबै प्रमाण जुट्दै गर्दा सतीशले एकपछि अर्को गर्दै सबै खुलासा गरेका हुन् ।

पुन हत्या छानबिन गर्न जिल्ला प्रहरी कार्यलय कास्की डि.एस.पी गजुसिद्धि बज्राचार्यको नेतृत्वमा टोली अटिएको थियो । टोलीमा प्रहरी निरीक्षकद्वय देवी पौडेल , गंगा थापा, प्रहरी नयब निरीक्षकद्वय राम बहादुर अधिकारी र सुदर्शन लम्साल र अञ्चल प्रहरी कार्यलय गण्डकीका प्रहरी साहायक निरीक्षकद्वय युवराज कार्की र भद्रकृष्ण पौडेल छन् ।

No comments:

Post a Comment