Friday, March 4, 2016

एसएलसीको तयारी पूरा, परीक्षामा ६ लाख विद्यार्थी सहभागि हुने

यसवर्षको एसएलसी परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षाको तयारी पूरा भएको बताउनुभयो ।
File Photo

जनक शिक्षा सामाग्री केन्द्रमा गोप्य रुपमा एसएलसीको प्रश्न पत्र छपाई समेत बिहीबारबाट सकिएको बताउँदै उहाँले प्रश्नपत्र समेत सबै जिल्लामा पठाएको बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तीका लगायतका सबै सामाग्री सबै जिल्लामा पठाई  सकिएको छ, बाँकी वागमति, दोलखा, सिन्धुपाल्चोकका १० जिल्लामा पनि पठाउँदै छाैँ।’

परीक्षामा यसवर्ष ६ लाख १५ हजार विद्यार्थी सहभागि हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अनुपमचन्द्र श्रेष्ठले नियमित र पूरक गरी ६ लाख १२ हजार तथा प्राबिधिक तर्फका ३ हजार विद्यार्थीले परीक्षामा सहभागि हुने जानकारी दिनुभयो ।

जसमा नियमित तर्फ चार लाख ५२ हजार ८ सय ८१ र एक्ज्याम्टेड तर्फ एक लाख ५९ हजार ४ सय १७ विद्यार्थी सहभागि हुने भएका छन् ।

नियमित तर्फ प्राविधिक धारबाट ९९ विद्यालयका तीन हजार २ सय ५५ विद्यार्थी सहभागि हुँदैछन् । जसमा नियमित तर्फ दुई लाख २५ हजार ३ सय ४६ छात्र र दुई लाख २७ हजार ५ सय ३५ छात्रा सहभागि हुने भएका छन् ।

श्रेष्ठले सबैभन्दा बढी काठमाडौंमा ३५ हजार र सबैभन्दा कम मनाङ्गमा ६९ जनाले परीक्षा दिने जानकारी दिनुभयो । यसवर्ष एसएलसी परीक्षाका लागि देशभर १ हजार ४ सय ४३ परीक्षा केन्द्र निर्धारण गरेको छ ।

एसएलसीको नतिजा ग्रेड्रिङ सिस्टममा सार्वजनिक हुने भएकोले उतीणाङ्क उल्लेख नगरी प्रश्नपत्र छपाई भएको कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment