यहाँ तपाईंहरुले आफ्ना खुशीका पलहरु, लेख रचनाहरु साहित्त्यिक गतिबिधिहरु आफ्ना जीवन यात्राका तस्बिरहरु, धर्म सस्कृति चाड पर्व मेलाका घटना तथा विवरणहरु समाबेश गर्न सक्नुहुने छ।
Thursday, April 14, 2016
वडा स्तरिय भलिबलको उपाधी आयोजक “ए”लाई
स्याङ्जा २, बैशाख ।
स्याङ्जाको किचनास –९ सालडाँडामा रहेको मन्दिरचोक युवा क्लबद्वारा आयोजित प्रथम वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक “ए”ले जितेको छ ।
स्याङ्जाका २२ वटा भलिबल टिम सहभागी भएको प्रतियोगितामा आयोजक “ए”ले आयोजक “बी”लाई ३–२ को सेटमा पराजित गर्दै उपाधी सहित रु. ३० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्दा आयोजक “बी”ले रु. २० हजार नगद सहित मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । यस्तै सृजना युवा क्लब बाहु तृतिय हुदै रु. १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार आयोजक “ए”का कमल मानन्धरले प्राप्त गरे भने उत्कृष्ट लिफ्टर अमृत राना, स्पाईकरमा सृजना युवा क्लब बाहुका पूर्ण राना, डिफन्डरमा आयोजक “बी”का बिकाश थापा तथा ब्लकरमा आयोजक “ए”का कमल मानन्धर उत्कृष्ट भएका छन । उत्कृष्ट बिधाका खेलाडीहरुले रु. ३÷३ हजार नगद प्राप्त गरेका छन । पुरस्कृत खेलाडीहरुलाई प्रमुख अतिथि स्याङ्जा जिल्ला क्षेत्र नम्बर १ का माननिय सभासद श्री राजु थापा, तरुण दल क्षेत्रिय अध्यक्ष कुम बहादुर गरुङ्ग, किचनास गाबिस भू.पु सैनिक संस्थाका अध्यक्ष पिताम्बर मानन्धरले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको प्रायोजन स्याङ्जा जिल्ला तरुण दलका अध्यक्ष श्री भगवत प्रकाश मल्लले गरेको क्लबले जनाएको छ । यस्तै तृतिय पुरस्कारको प्रायोजन ब्लू स्काई प्रा.लि चक्रपथ काठमण्डौले गरेको क्लबका उपाध्यक्ष दिपक मानन्धरले जानकारी दिए ।
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment