हार्दिक मंगलमय शुभकामना! ब्याक्त गर्दछु ..
पश्चिम नेपालको तानसेन बजारदेखि ३६ किलोमिटर उत्तर-पश्चिममा पर्ने गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थलबाट बग्ने पवित्र कालीगण्डकी र गण्डकीको तिरमै अवस्थित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण स्थल | यहा मणिमुकुन्द सेन द्वारा प्रतिस्थपित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण ऋषिकेश मन्दिर छ |
माघ महिनाको पहिलो दिन (माघे संक्रान्ति) दिन बिहानैदेखि कालीगण्डकीमा स्नान गरी ऋषिकेश मन्दिरमा पूजाअर्चना गर्नेको घुइँचो लाग्छ । कालीगण्डकीमा स्नान गरी ऋषिकेशको दर्शन गर्दा चारधाम गएबराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वासले पनि पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न स्थानबाट समेत भक्तजन उक्त मेलामा आउँछन् । माघे संक्रान्ति मेला रिडी (रूरू क्षेत्र)मा तीन दिन लाग्छ । धेरै भक्तजनको उपस्थिति रहने उक्त मेला पहिले ३ दिनसम्म लाग्ने मकरमेलाको आकर्षण बढ्दै गएपछि केही वर्ष यता मकरमेला ५ दिनसम्म लाग्ने गरेको छ । फोटा हेर्नुहोला यहा तल ..


No comments:
Post a Comment