Sunday, July 12, 2015

दुर्घटना कम गर्न सामसुङको ‘सेफ्टी ट्रक'(भिडियो)

दुर्घटना कम गर्न सामसुङको 'सेफ्टी ट्रक'(भिडियो)
ब्युनस एयर्स– राजमार्गमा विशाल ट्रकको पछाडि कार चलाउनु निकै मुस्किल काम हो। यस्तो स्थितिमा अगाडिको बाटो खाली छ छैन भन्ने विषयमा चालकले केही थाहा नै पाउन सक्दैनन्। र, ट्रकलाई ओभरटेक गर्ने वा नगर्ने भन्ने निर्णयमा चालक द्विविधामा पर्छन्।
यस्तै समस्यालाई ध्यानमा राखेर सडक सुरक्षाका लागि बहुराष्ट्रिय कम्पनी सामसुङ अर्जेन्टिनाले एक यस्तो शानदार ‘सेफ्टी ट्रक’ आविश्कार गरेको छ कि जसको अगाडिपट्टिको भागमा वायरलेस क्यामरा जोडिएको छ। इस क्यामराको दृश्य(डिस्प्ले) भने ट्रकको पछाडिपट्टि जोडिएको विशाल भिडियो वालमा जोडिएको छ।भिडियो डिस्प्लेको मद्दतले ट्रकपछाडि गाडि चलाउने व्यक्तिले पुरै आत्मविश्वासका साथ ट्रकलाई ओभरटेक गर्ने निर्णयमा पुग्न सक्छ।अर्जेन्टिनामा प्रत्येक घण्टाजसो सडक दुर्घटनामा परेर औषत एक व्यक्तिको मृत्यु हुने गरेको तथ्याङ्क छ। यसमध्ये अधिकांश दुर्घटना ओभरटेकका कारण हुने गरेको बताइन्छ। ८० प्रतिशतभन्दा बढी दुर्घटना चालकले एकतर्फी सडकमा ओभरटेक गर्दा हुने गरेको पाइएको छ। यस्तो सबै तथ्यांकको अध्ययनपछि सामसुङले आफ्नो प्रविधि प्रयोग गरेर अर्जेन्टिनामा यस्तो उत्पादन सार्वजनिक गरेको हो। तर, उसले यो ट्रक अर्जेन्टिनामा मात्र सिमित राख्ने छैन।
सडक दुर्घटना अत्यधिक हुने अन्य देशहरुमा पनि सामसुङले यो उत्पादन विस्तार गर्ने छ। र, यसले सडक दुर्घटनामा कमी ल्याउने उसको विश्वास छ। एजेन्सी

No comments:

Post a Comment