Sunday, July 12, 2015

भारतकै सबैभन्दा महँगो फिल्म ‘बाहुबली’ हेर्नुपर्ने १० खास कुरा (भिडियो सहित)

भारतकै सबैभन्दा महँगो फिल्म 'बाहुबली' हेर्नुपर्ने १० खास कुरा (भिडियो सहित)
भारतको इतिहासमै सबैभन्दा महँगो फिल्मको दावि गरेको फिल्म बाहुबली यतिखेर निकै चर्चामा छ । सबैभन्दा महँगो फिल्म भनिएको कारण पनि यो फिल्म कस्तो बनेको होला भन्ने सबैको कौतुहोल्ताको बिषय बनेको छ । हामी यहाँ फिल्म बाहुबली भित्र रहेका खास १० कुराहरु यहाँ चर्चा गर्दैछौं ।
१. बाहुबली फिल्मले प्रमोशनको लागि एक बिशेष डिजिटल मार्केटिंग अपनाएको छ । जसले गर्दा पनि यस फिल्म अझ पपुलर बन्दै गएको पाईन्छ ।
२. हाल रिलिज भएको फिल्म जुरासिक बल्र्ड र बाहुबली फिल्ममा काम गर्ने भिजुअल इफेक्ट टिम एउटै हुन् ।
३. यस फिल्मको प्रोडक्सन टिमले करिब ८५ करोड रुपैंया भिजुअल इफेन्टको लागि मात्र खर्च गरेको छ । यस फिल्ममा ९५ प्रतिशत दृश्य कम्प्युटरबाट बनाईएको छ । यसमा सिजीआई र वीएफएक्स ग्राफिक्स प्रयोग भएको छ ।
४. यस फिल्म काल्मनिक युद्धमा आधारित फिल्म हो । फिल्म बनाउन २५० करोड लागत लागेको छ । यसमा तेलुगू र तमिल भाषामा फिल्म सुट भएको थियो । पछि हिन्दि भाषा मा रिलिज गरेको हो ।
५. करण जोहरका अनुसार, बाहुबली स्क्रिन काउन्टमा सबैभन्दा बढि डबिंग गरीएको फिल्म हो । यस फिल्ममा भारतको कुनै एक प्रदेशलाई छोडेर सिँगो देशलाई नै अपिल गर्न सफल भएको फिल्म हो ।
६. बाहुबली ४००० फिल्म हलमा रिलिज भइरहेको छ जसमध्यै १३५ हल अमेरीका भित्रका मात्रै छन् ।
७. हलिउड फिल्म फ्लिक ३०० बाट प्रेरीत भएको फिल्म भनिएपनि निर्देशन राजमोअलीका अनुसार यो फिल्म बिल्कुलै फरक फिल्म हो । जुन फ्लिक ३०० सँग मिल्दैन ।
babubali hindi movie
८. उसमा युद्ध र एक्सन देख्न सकिन्छ । जसका लागि बियतनामका ट्रेनरबाट आएका एक्टरलाई लिइएको छ ।
९. फिल्ममा प्रभाष र राणाले आफ्नो वजन १०० किलो भन्दा बढि बनाएका छन् । जसका लागि कलाकारलाई दिनमै ६ देखि ८ पटक खाना खानुपरेको थियो । यसमा प्रत्येक चिज ननभेज खुवाईएको थियो । जसका लागि प्रत्येक दिनको टार्गेट २००० देखि ४००० क्यालोरी थियो ।
१०. फिल्ममा मुख्य भुमिकामा रहेका प्रभाषले आफ्नो विवाह पनि सारेर छायांकनमा व्यस्त भएका थिए । फिल्म बन्नको लागि ३ बर्ष लागेको थियो

No comments:

Post a Comment