दक्षिण भारतीय निर्देशक अरविन्द्र एमले निर्देशन गरेको नेपाली हरर फिल्म ट्वान्टी सेभेन आवर्स’को फस्ट लुक (ट्रीजर) सार्बजनिक भएको छ ।
सार्बजनिक टिजरमा सम्वाद बिनाको केही दृष्य राखिएको छ । जुन हेर्दा डरलाग्दो छ । भारतको हैदरावादमा पोस्ट प्रोडक्सनको काम भैरहेको यो चलचित्रमा सम्पूर्ण प्राबिधिक समेत भारतीय रहेका छन् ।
नेपालको पाल्पा, बुटवल र भारतको मुम्बईमा छायांकन गरिएको यो चलचित्रको कलाकार समेत रहेका दिपक लम्सालले निर्माण गरेका हुन् । २७ घण्टामा एक ब्याक्तिको जिबनभित्र घटेको घटनालाई चलचित्रमा रमाइलो ढंगबाट प्रस्तुत गरिएको छ ।
चलचित्रमा रिजन कोइरालाको संगीत, वँसी अट्लुरीको सम्पादन, सिध्धु पुजारीको कोरियोग्राफी, मुर्गान र पबनको छायँकन रहेको छ ।
No comments:
Post a Comment