१४ औं आहा रारा गोल्डकप माघ ५ देखि
प्रतियोगितामा नेपालका ‘ए’ श्रेणीका क्लबहरु, विदेशी टिमहरु, पूर्वाञ्चल र पश्चिमाञ्चलका क्लबहरु र आयोजक सहारा क्लब पोखरा गरी १२ टीमको सहभागिता रहने क्लबका महासचिव केशब राज बरालले जानकारी दिए ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने नाराका साथ हुने प्रतियोगितामा हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजक रहेको छ । प्रतियोगितामा रेडबुलको सहस्रायोजन, माईक्रो म्याक्स मोबाइलको उपप्रायोजन, पोखरा उपमहानगर पालिकाको संयोजन रहेको छ ।
प्रतियोगिताबाट बचत हुने रकम सहारा एकेडेमीमा खर्च गर्दैआएको छ । एकेडेमीमा तेसो ब्याचमा १६ जिल्लाका २६ जना प्रशिक्षार्थी आश्रित छन् । उनीहरुलाई क्लबले निःशुल्क शिक्षादिक्षा, स्वास्थ्य लगायत फुटबल प्रशिक्षण दिँदैआएको क्लब अध्यक्ष वीरभद्र आचार्यले बताए । १३ औ आहा रारा गोल्ड कपको उपाधि थ्रिस्टार क्लबले जितेको थियो ।
No comments:
Post a Comment