Wednesday, December 16, 2015

एसएलसी परीक्षा चैत १८ देखि

१ पुस, भक्तपुर । तराई मधेसमा जारी आन्दोलनका कारण एसएलसी परीक्षाको तालिका समेत प्रभावित भएको छ । यसअघि चैत पहिलो हप्ता हुँदै आएको परीक्षा यसपटक दुई हप्ता पछि सरेको छ ।परीक्षा समितिको बुधबारको बैठकले एसएलसी परीक्षा आउँदो चैत १८ गतेदेखि २९ गतेसम्म हुने गरी तालिका तय गरेको छ । यसअघि चैत पहिलो हप्तादेखि नै एसएलसी परीक्षा सुरु हुने गर्दथ्यो ।


तय भएको परीक्षा तालिकाअनुसार १८ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । १९ गते अनिवार्य नेपाली, २१ गते अनिवार्य गणित र २२ गते विज्ञान विषयको परीक्षा हुनेछ ।यसैगरी २३ गते सामाजिक शिक्षा, २४ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, २५ गते ऐच्छिक प्रथम, २६ गते द्वितीय ऐच्छिक विषयको परीक्षा हुने परीक्षा नियन्त्रक खगेन्द्र नेपालले जानकारी दिए । प्राविधिक तर्फका परीक्षा भने २९ गतेसम्म चल्ने छ ।

No comments:

Post a Comment