१४ औ संस्करणको आहा रारा गोल्ड कप २०७२ पोखरा रंगशालामा शुरु
१४ औ संस्करणको आहा रारा गोल्ड कप २०७२ हिजोदेखि पोखरा रंगशालामा शुरु भएको छ । हिजोको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखराले नवजन जागृती क्लब सिमरालाई ३–० गोल अन्तरले पराजित गरी क्वाटरफाईनल प्रबेश गरेको छ । खेलको छैटौ मिनेटमा विदेशी खेलाडि एल्भिसको गोलबाट अग्रता लिएको सहाराको लागि ५२ औं मिनेटमा विदेशी खेलाडि जि मार्टियलले गोल थपे । खेलको ८३ औं मिनेटमा कमल थापाले सहाराको लागि तेस्रो गोल गरी टोली लाईअग्रता दिलाएका थिए । यो सँगै सहारा क्लबले अघिल्लो बर्षको उद्घाटन खेलमा ब्यहोरेको हारको वदला लिएको छ । हिजोको विजेता सहारा क्लबले १३ औं आहा रारा गोल्डकपको उद्घाटनमा सिमरासँग टाईब्रेकरमा ४—३ को पराजय ब्यहोरेको थियो । सहाराले अब माघ ९ गते अन्तिम चार स्थानका लागि युनाईटेड सिक्किम एफसि भारतको सामना गर्नेछ ।
‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटनका रुपमा स्थापित गरौँ’ भन्ने नाराका साथ शुरु भएको प्रतियोगिता अन्तर्गत आज शसस्त्र प्रहरीको एपिएफ क्लब र ईन्डियन आर्मी गोर्खा ब्रिगेड टिम बिच प्रतिश्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवबहादुर बिष्टले आगामी साग गेमको उद्घाटन पोखरामै गर्ने तयारी भैरहेको जानकारी दिनुभयो ।उद्घाटन समारोहमा पूर्व राष्ट्रिय खेलाडी गणेश गुरुङ्गलाई सम्मान गरिएको थियो । माघ १६ गतेसम्म चल्ने आहारारा गोल्डकप प्रतियोगिताको विजेताले ५ लाख १ हजार १ तथा उपविजेताले २ लाख ५१ हजार एक रुपैया नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरु, आयोजक र तीन विदेशी सहित १२ टिमको सहभागिता छ ।
No comments:
Post a Comment