पोखरा १५ नयाँ गाउँ बस्ने नेहा पुनको हत्या सम्बन्धमा कास्की प्रहरीले अनुसन्धान गर्न टोली गठन गरेको छ । डिएसपी गजुसिद्धि बज्राचर्यको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान टोली गठन गरेको हो । घटनाका बारेमा टेलीले अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरिबहादुर पालले बताउनुभयो । हिजो उनका नजिकका केहि व्यक्तिहरुलाई घटनाबारे सोधपुछ गरिएको छ । घटना मगंलबार विहान भएको हो ।
 |
File Photo |
मंगलबार विहान पुनको शव हत्या गरी फालिएको अवस्थामा नयाँगाउँमा फेला परेको थियो । म्याग्दी चिमखेला स्थायी घर भई अहिले पोखरा १५ नयाँगाँउ ऋषिमार्ग बस्ने १९ वर्षिय नेहा भन्ने योरुनाको हत्या गरी फालेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । उनको शव अर्धनग्न अवस्थामा भेटिएको र टाउकोमा गहिरो चोट लगेको छ । टाउकोमा कुनै वस्तुले हानेर उनको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । पोखरा न्युरोडमा रहेको स्माईल क्याफेमा कार्यरत नेहा सोमबार साँझ घर नफर्केपछि आफन्तले खोजी गरेका थिए । घर नजिकै कालो कपडाले छोपेर फालिएको शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । हत्याको चौतर्फी विरोध हुन थालेको छ । घटनाका बारेमा छानविन गरी हत्यारालाई सार्वजनिक गर्न माग गर्दै हिजो मृतकका आफन्तले केहिबेर सडक अवरेध सहित नाराबाजी पनि गरेका थिए । जिल्ला प्रहरी कार्यालयमा आएका आफन्तहरुले पोखराको पालिखेचोकमा करिब ३ घण्टा सडक अवरुद्ध गर्दै नाराबाजी गरेका हुन् । आफन्तले आज पोखरामै र्याली निकाल्ने तयारी समेत गरेका छन् ।
यसैबीच, नेपाल मगर संघ कास्कीले विज्ञप्ति प्रकाशित गरी नायिका नेहा पुनको हत्याको विरोध गरेको छ । अध्यक्ष पूर्णबहादुर रानामगरले हिजे साँझ विज्ञप्ति जारी गर्दै नेहाका हत्याराको तत्काल खोजी र सार्वजनिक गरी कडा भन्दा कडा कारबाही गर्न माग गर्नुभएको हो । विज्ञप्तिमा ‘मगर चलचित्र ‘गाउला’ तथा ‘यूँपा’की नायिका नेहाको हत्याले सम्पूर्ण मगर समुदाय स्तब्ध बनेकाृ उल्लेख छ । त्यस्तै, बागलुङ–पोखरा मगर समाजका अध्यक्ष मेखबहादुर छन्त्यालमगरले पनि हिजै साँझ विज्ञप्ति प्रकाशित गरी नेहाका हत्यारालाई तत्काल सार्वजनिक गरी कडा कारबाही गर्न माग गर्नुभएको छ । यस्तै पुन समाज पोखरा, म्याग्दी समाज पोखरा, प्रवासमा रहेका मगर समुदायसंग आवद्ध संघसंस्था लगाएतका संघसंस्थाले पनि घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।
 |
File photo1 |
यस्तै अखिल नेपाल महिला संघले पोखरामा भएका दुई छुटटाछुटटै महिला हत्याको घटनाप्रति निन्दा एंव भत्सना गरेको छ । संघले हिजो विज्ञप्ति जारी गदै आकाश ढाकेको महिला शक्तिले समाजमा विभिन्न खाले हिंसाको सिकार भैरहेका बेला पोखरामा दुई महिलाको हत्या भएको प्रति भत्सना गदै दोषिलाई कडा कारबाही गर्न माग गरेको हो । अध्यक्ष मञ्जु गुरुङद्धारा जारी विज्ञप्तिमा पोखरा ७ मा डेरा गरि बस्ने ४० वर्षिया सरस्वती लिम्वु र पोखरा १५ बस्ने १९ वर्षिया नेहा पुनको निर्ममता पुर्वक हत्या गरिएको घटनाप्रति भत्सना गर्दै यस्ता पासविक, अमानविय घटनाको छिट्टो भन्दा छिट्टो छानविन गरि अपराधमा संलग्नाहरुलाई कडा कार्वाही गर्न अखिल नेपाल महिला संघ कास्कीले आग्रह गरेको छ । साथै विज्ञप्तिमा महिलामाथि हुने यस्ता जघन्य अपराधमा सलग्नलाई कार्वाहीको दायरामा ल्याएर निर्वाध रुपमा हिडडुल गर्न सक्ने वातावरण सृजना गर्न प्रशासनसंग जोडदार माग गरिएको छ ।
 |
Neha Pun |
No comments:
Post a Comment