Friday, March 4, 2016

लोकदोहोरी क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाउन सफल लोकदोरी गायक सुरज काठमाडौ सडकमा गित गाउदै भिख माग्दै

12705623_1035591156533572_9133015003599766830_n

आईतबार दिउसोको भृकुटीमण्डप परिसरको दृश्यले एक पटक सबैलाई चकित पारेको छ । सबै जना आआफ्नो गन्तव्यमा पुग्न हतारिदै थिए । कोहि छेउमै १०० को ३ जोर भन्दै व्यापार गर्नमै ब्यस्त । केहीबेरमा छेउमै आमाको मायाको भावलाई झल्काउने गीत गुञ्जिन थाल्यो ।


सबै जना वरिपरि जम्मा भईहाले केहि बेरमै । सबैजना छक्क परे ,त्यो दृश्य देखेर । चिन्नेहरू सबै मुखामुख गर्न थाले , त्यहाँ गीत गाउदै माग्दै थिए चल्तीका संचारकर्मी एबम गायक सुरज आचार्य । किन भृकुटीमण्डप परिसरको सडकमा गीत गाउदै भिख माग्दै गरेको अबस्थामा भेटिए संचारकर्मी तथा लोक /दोहोरी गायक सुरज आचार्य ? सुरज संगै ताल मिलाउदै स्वर मिसाउदै थिए उनका दृस्टीबिहिन भाई मिलन ।

यी सबै दृश्यलाई क्यामरामा कैद गर्न ब्यस्त थिए छायाकार रेशम दर्लामी । केहि बेरपछि निर्देशक अभय सापकोटाको “कट ” संगै दर्शकको बररररर तालीले केहीबेर त गुन्जायमान नै भयो , भृकुटीमण्डप परिसर । यो दृश्य थियो संचारकर्मी तथा लोक /दोहोरि गायक सुरज आचार्यको नयाँ गीत “आमा”को छायांकनको । सुरजको आफ्नै सब्द अनि स्वर र कारण तामांगको उत्कृस्ट लयमा तयार भएको गीतको भिडियो जनता डिजिटलले प्रस्तुत गरेको हो ।



५० भन्दा बढी चलचित्रमा अभिनय गरिसक्नुभएकी आदरणीय रंगकलाकर मिश्री थापा संगै सुरज आचार्य र मिलन भुजेलको समेत अभिनय उक्त भिडियोमा रहेको छ । “दश धारा आमाको दुधको मुल्य सायदै केहि संग तुलना गर्न सकिन्न । आमाको सन्तान प्रतिको माया अनि बुढेसकालको लाठि छोराहरुले आमाका निमित्त गर्न सक्ने त्याग र दुख बिचको आमाको मायाको भावलाई भिडियोले उठान गर्छ ” कलाकार आचार्यले ट्वान्टीफो ब्युरोलाई जानकारी दिए ।

ब्रिदाश्रममा आफ्ना बुढा आमा बुबालाई छोड्ने ,बृद्धाबृद्धलाई अबहेलना गर्ने सस्कार एकदमै फस्टाईरहेको पछिल्लो परिबेशमा आमाको निमित्त सन्तानले के के गर्न सक्छ भन्ने कुरा भिडियोमा दर्सायियको छ । सबैको लागि भिडियो प्रेरणा हुने निर्माण पक्षको दाबी छ ।

भिडियो मुड्खु ,रत्नपार्क ,भृकुटी मण्डप लगाएत काठमाडौँका बिभिन्न ठाउमा छायांकन गरिएको हो ।

No comments:

Post a Comment